२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सुर्खेतमा १८ वर्षीय युवकको हत्या


  • मंगलबार, माघ २ २०८०
  • 8.7K
    SHARES

  • images
    सुर्खेतमा १८ वर्षीय युवकको हत्या

    सुर्खेत, २ माघ । सुर्खेतको पञ्चपुरीमा १८ वर्षीय युवकको हत्या भएको छ। पञ्चपुरी नगरपालिका-६ कुवापानीका भरत बुढाको मंगलबार राति १ बजे हत्या भएको प्रहरीले जनाएको छ।

    धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ। 

    घटना शंकास्पद देखिएपछि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए।

    घटनाको बारेमा अनुसन्धान जारी रहे पनि अहिलेसम्म शंकास्पद व्यक्तिविरुद्ध जाहेरी भने आइनसकेको प्रहरीले जनाएको छ।

     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend