२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घलेम्दी हाइड्रोको ३२.१७ लाख १७ हकप्रद सेयर बिकेन, सेयर लिलामको मिति तोकियो


  • मंगलबार, माघ २ २०८०
  • 9.5K
    SHARES

  • images
    घलेम्दी हाइड्रोको ३२.१७ लाख १७ हकप्रद सेयर बिकेन, सेयर लिलामको मिति तोकियो

    घलेम्दी हाइड्रो लिमिटेडको सेयरधनीलाई खुलाएको १ बराबर २ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा ३२ लाख १७ हजार ७२४ कित्ता सेयर सेयरधनीले हालेका छैनन् । उक्त नबिकेको र अवितरित भएको हकप्रद सेयर कम्पनीले लिलाम बिक्री गर्ने लागेको हो। 

    कम्पनीले सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न माघ ९ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न मिति तोकेको छ। 

    सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। 

    इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयर संख्याका लागि आवेदन दिन सक्नेछन। 

    कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकेको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दा«ङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend