२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित


सञ्चार डबली
  • मंगलबार, माघ २ २०८०
  • 7.6K
    SHARES

  • images
     आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित


    काठमाडौं ।चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।चिकित्सक र कर्मचारीहरु आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो । ‘रेफरल अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा पूर्वका धेरै स्थानबाट उपचारका लागि बिरामीहरु पुग्ने गरेका छन् ।

    प्रतिष्ठान व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएकामा असन्तुष्ट बनेका चिकित्सक र कर्मचारीहरु लामो समयदेखि आन्दोलित छन् । यसअघि भएको आन्दोलनका क्रममा समस्याको समाधान गर्ने आश्वासन दिए पनि त्यसअनुसार पहल नभएपछि उनीहरु फेरि आन्दोलनमा उत्रिएका हुन् ।

    आकस्मिक बाहेकका सेवा ठप्प हुँदा उपचारका लागि पुग्ने बिरामीले सहज रुपमा सेवा पाउन सकेका छैनन् ।यसअघिको आन्दोलनका क्रममा समस्या समाधान गर्ने सहमति भए पनि प्रतिष्ठानमा कायम मुकायम उपकुलपति डा. प्रल्हाद कार्कीका कारण सहमति कार्यान्वयन हुन नसकेको आन्दोलनरत कर्मचारीहरुको भनाइ छ ।

    प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा। प्रदिप आचार्यका अनुसार सहमतिअनुसार व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रनु परेको हो ।

    यसैबीच, प्रतिष्ठानको समस्या समाधानमा चासो नदिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सोमबार कायम मुकायम उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

    लामो समयदेखि आन्दोलन हुँदा सेवा प्रभावित भएको अवस्थामा पनि समाधान गर्न पहल नगरेको भन्दै उनले कार्यकक्षमा ताला लगाएका हुन् । प्रतिष्ठानलाई धरासायी बनाउने कुनैपनि पदाधिकारीलाई ‘नछाड्ने’ चेतावनी पनि उनले दिएका छन् ।

    प्रतिष्ठानका चिकित्सक शिक्षकको सात वर्षदेखि तथा कर्मचारीको १५ वर्षदेखि  पदोन्नति प्रक्रिया रोकिएको थियो । गत वर्ष पुस १९ गते चिकित्सक र कर्मचारीको पदोन्नतिका लागि विज्ञापन खुलेपछि प्रक्रिया अघि बढेको थियो । पदोन्नति हुनुपर्नेमध्ये आधा चिकित्सक, शिक्षक र कर्मचारीको अन्तर्वार्ता सकिएकोमा कार्की कायममुकायम उपकुलपति भएर आएपछि सबै प्रक्रिया रोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend