२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, डलरसँगै युरो पनि घट्यो


सञ्चार डबली
  • मंगलबार, माघ २ २०८०
  • 10.6K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, डलरसँगै युरो पनि घट्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

     मंगलबार अमेरिकी डलरसंगै युरोमा पनि सामान्य गिरावट आएको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९२ पैसा कायम गरिएको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ ६ पैसाले घटेको छ ।यसअघि सोमबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो । 

     यसैगरी आज १३ पैसाले घटेको युरोको एकको खरिदमा १४४ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४९ पैसा तोकिएको छ ।सोमबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ९७ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६३ पैसा तोकिएको थियो।

     त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६९ रूपैयाँ १९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १८ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ६१ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६ पैसा कायम गरिएको छ ।

     यता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ एक पैसा तथा बिक्री दर १० रूपैयाँ ६ पैसा कायम गरेको जनाइएको छ । 

     यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३ पैसा र बिक्रीदर ३६ रूपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ३४ पैसा र बिक्रीदर २८ रूपैयाँ ४७ पैसा कायम गरेको छ ।

     साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ५५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ र बिक्रीदर ३५२ रूपैयाँ ५९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend