२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो डिजेल र पेट्रोलको मूल्य


सञ्चार डबली
  • मंगलबार, माघ २ २०८०
  • 10.3K
    SHARES

  • images
    घट्यो डिजेल र पेट्रोलको मूल्य


    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले मंगलबार विहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान १÷१ रुपैयाँ मूल्य घटाएको हो । जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।निगमले हाल स्वचालित मूल्य समायोजन प्रणाली लागू गरेको छ । 

    भारतीय आयल कर्पोरेसनले मूल्य घटाउँदा नेपालमा पनि स्वतः मूल्य घट्ने गरेको छ । सोमबार भारतीय आयल निगमले मूल्य घटाएपछि नेपालले पनि मूल्य समायोजन गरेको हो । भारतीय निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँ घटाएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend