२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गोरखामा ज्यानमार्ने उद्योग आरोपमा दुई जना पक्राउ


  • सोमबार, माघ १ २०८०
  • 8.1K
    SHARES

  • images
    गोरखामा ज्यानमार्ने उद्योग आरोपमा दुई जना पक्राउ

    गोरखा । गोरखा प्रहरीले ज्यानमार्ने उद्योग गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । यहीँ पुस २५ गते राती ७:३० बजेको समयमा गोरखा गोरखा नगरपालिका–२ तल्लो काखे बस्ने फिरोज मियालाई हत्या गर्ने नियतले टाउकोमा बन्चरोको बिडले प्रहार गर्ने सुशिल परियार र पूर्णबहादुर परियारलाई पक्राउ गरिएको हो ।

    सिरानचोक गाउँपालिका वडा नम्बर ६ महटार बस्ने– २५ बर्षका सुशिल र गोरखा नगरपालिका २ कोखेआहाले बस्ने –२१ बर्षका पुर्णबहादुरले ज्यानै मार्ने नियतले बञ्चरोको बिंडले मियाँको निजको टाउको समेतको भागमा प्रहार गरी गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    घाईते मियाको अहिले चितवन मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ । पक्राउ परेका दुवैजना विरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend