२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अमेरिकी डलरको कारोबार भाउ स्थिर रहदा युरो घट्याे


  • सोमबार, माघ १ २०८०
  • 10.1K
    SHARES

  • images
    अमेरिकी डलरको कारोबार भाउ स्थिर रहदा युरो घट्याे

    काठमाडौ, माघ १ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

    जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको कारोबार भाउ स्थिर रहदा युरो घटेकाे छ ।

    जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसा कायम गरिएको छ ।यसअघि आइतबार पनि सोहीमूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।

    यसैगरी सोमबार युरोपियन युरोमा ४ पैसाले घटेको छ । आज एक युरोको खरिदमा १४४ रूपैयाँ ९७ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६३ पैसा तोकिएको छ ।

    आइतबार भने युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ एक पैसा र बिक्रीमा १४५ रूपैयाँ ६७ पैसा तोकिएको थियो।

    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ९१ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ७१ पैसा र बिक्रीमा ९९ रूपैयाँ १६ पैसा कायम गरिएको छ ।

    यता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ८ पैसा तथा बिक्री दर १० रूपैयाँ १२ पैसा कायम गरेको जनाइएको छ ।

    यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ ४८ पैसा र बिक्रीदर २८ रूपैयाँ ६१ पैसा कायम गरेको छ ।

    साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ८७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ८२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend