२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गरिमा विकास बैंकको सत्रौं बार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित यी प्रस्ताव पारित


  • सोमबार, माघ १ २०८०
  • 7.7K
    SHARES

  • images
    गरिमा विकास बैंकको सत्रौं बार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित यी प्रस्ताव पारित

    काठमाडौं, १ माघ । गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    बैंककको सभा पौष २९ गते आईतबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको हो । 

    उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ । साधारणसभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड  बनाउने, आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रश्तावहरm पारित गरेको छ । 

    हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पू¤जी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ । साधारणसभाको लागि २०८० पौष १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०८० पौष १६ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।

    विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको छ । 



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend