२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुन फलफूल तथा तरकारीको मूल्य कति?


  • सोमबार, माघ १ २०८०
  • 10.3K
    SHARES

  • images
    कुन फलफूल तथा तरकारीको मूल्य कति?

    काठमाडौं, १ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मुल्य सार्बजनिक गरेको छ।

    जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२०, कालो अंगुर ३२०, केरा १३०, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १५, अदुवा १५०, रातो आलु ३४, रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

    लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७० र हरियो फर्सी लाम्चो ३५, डल्लो हरियो फर्सी ४० रूपैयामा खरिदबिक्र हुँदैछ भने तोरीको साग ४०, रायो साग ३०, चमसूर, पालूगो, मेथी, सौफको साग ९० रुपैयाँमा र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ।

    गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ११० र पुदीना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा ५०, लाम्चो भान्टा ४० र हरियो धनिया १२० रुपैयाँ पाइने समितले जनाएको छ।

    उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend