२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दोस्रो त्रैमासको अन्तिम कारोबार दिन बढेर बन्द भयो नेप्से, कारोबार रकममा पनि वृद्धि


  • आइतबार, पुस २९ २०८०
  • 9.1K
    SHARES

  • images
    दोस्रो त्रैमासको अन्तिम कारोबार दिन बढेर बन्द भयो नेप्से, कारोबार रकममा पनि वृद्धि

    काठमाडौं , पुस २९। दोस्रो त्रैमासको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार झिनो अंक घटेर बन्द भएको नेप्से, यस दिन साढे १ प्रतिशत बढेर बन्द भएको छ।

    साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३१.६२ अंक बढेर २१२०.६२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३५ प्रतिशत बढेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ९४ हजार ५२६ पटकको कारोबारमा ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

    आइतबार ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन्। त्यसैगरी, अन्य ४ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य यस दिन साढे ९ प्रतिशत घटेको छ भने निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ४.३१ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ६८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेको हो।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend