२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अर्ना बियर उत्पादक यती ब्रुअरीले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्ने, आइपिओ अघि दुई सय प्रतिशत लाभांश


  • आइतबार, पुस २९ २०८०
  • 9.9K
    SHARES

  • images
    अर्ना बियर उत्पादक यती ब्रुअरीले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्ने, आइपिओ अघि दुई सय प्रतिशत लाभांश

    काठमाडौं , पुस २९। अर्ना बियर उत्पादन गर्ने यती ब्रुअरीले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्ने भएको छ ।

    कम्पनीले दोस्रो वार्षिक साधारणसभा बोलाउँदै आइपिओ जारी गर्ने विशेष प्रस्ताव समावेश गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले माघ २५ गते काठमाडौंको लाजिम्पाटस्थित आफ्नै प्रमुख कार्यालयमा बस्ने गरि साधारणसभा मिति तय गरेको हो । 

    कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

    यसैगरी कम्पनीले आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट १०० प्रतिशत बोनस सेयर र १०० प्रतिशत नगद लाभांश गरि २०० प्रतिशत लाभांश दिने प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाइएको छ । कम्पनीले आफ्नो सेयर संरचना ८५ प्रतिशत संस्थापक र १५ प्रतिशत सर्वसाधारण हुने गरि प्राथमिक निष्कासन गर्न लागेको हो । कम्पनीको सेयरको अंकित मूल्य ५० रुपैयाँ रहने प्रस्ताव पनि साधारणसभामा पेश हुने जनाइएको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend