२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मुक्तिनाथ विकास बैंकद्वारा वार्षिक साधारणसभाबाट लाभांश पारित


सञ्चार डबली
  • आइतबार, पुस २९ २०८०
  • 9.1K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंकद्वारा वार्षिक साधारणसभाबाट लाभांश पारित


    काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । शनिबार पोखरामा बसेको सत्रौं वार्षिक साधारणसभाले सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको हो ।

    उक्त लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । सभाबाट आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित भएको छ ।

    बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७–८० को वार्षिक प्रतिवेदनमाथि विभिन्न सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु आएका थिए ।सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

    वार्षिक साधारणसभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend