२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पदोन्नती भएका २० जनालाई दर्ज्यानी चिह्न प्रदान


सञ्चार डबली
  • सोमबार, वैशाख २५ २०८०
  • 7.7K
    SHARES

  • images
    पदोन्नती भएका २० जनालाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं, २५ वैशाख । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पदोन्नती भएका २० जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।  नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको २४ वैशाखमा  भएको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानीद्वारा सुशोभन गरेका हुन् । 

    दर्ज्यानी चिह्न पाउनेहरुमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जबरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेबी थापा र प्रज्वल महर्जन रहेका छन् । 

    यसैगरी प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा।आषिश दत्तले दर्ज्यानी चिह्न पाएका हुन् । सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेकाले आज दर्ज्यानी चिह्न प्रदान नगरिएको हो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend