२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मेलम्चीको पानी माघ १ देखि काठमाडौंमा वितरण : मन्त्री यादव


  • शनिबार, पुस २८ २०८०
  • 8.7K
    SHARES

  • images
    मेलम्चीको पानी माघ १ देखि काठमाडौंमा वितरण : मन्त्री यादव

    काठमाडौं, २८ पुस । खानेपानीमन्त्री महिन्द्रराय यादवले आउँदो माघ १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् ।

    सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको शनिबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौंमा वितरण सुरु हुन्छ ।”

    उनले लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको बताए । अब बाह्रै महिना काठमाडौंमा मेलम्चीको पानी वितरण हुने दाबी गरे । काठमाडौंका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत र खानेपानी मिटर जडान गर्न उनले निर्देशन दिए ।

    त्यस अवसरमा मेलम्ची खानेपानीको आपूर्ति निर्बाध रूपमा सुनिश्चित गर्न मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरको संयोजकत्वमा एक समिति समेत गठन गरिएको थियो ।

    मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिक रूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

    उनले भने, “सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिक रूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिनेछ ।”

    सुन्दरीजलमा पानी जम्मा गरी ‘प्रेसर’ पुगेपछि यसलाई प्रशोधन गरिने र दुई दिनपछि वितरण गर्ने तयारी भइरहेको वरिष्ठ डिभिजनल इन्जिनियर कुँवरले बताए ।

    बाढी तथा पहिरोका कारण अवरुद्ध भएको मेलम्चीको पानी बुधबार साँझदेखि फेरि आपूर्ति सुरु गरिएको हो । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने गरी भएको सहमतिअनुसार बुधबार साँझदेखि सुन्दरीजलमा पानी आउन सुरु भएको सुन्दरीजल पानी प्रशोधन शाखाका प्रमुख दिपेश ढकालले जानकारी दिए ।

    मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend