२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

चन्द्रागिरि दुर्घटना: बिदा मनाउन गएको परिवार उजाडियो


  • शनिबार, पुस २८ २०८०
  • 12.9K
    SHARES

  • images
    चन्द्रागिरि दुर्घटना: बिदा मनाउन गएको परिवार उजाडियो

    काठमाडौं, २८ पुस । पाँच जनाको ज्यान जाने गरी चन्द्रागिरिमा भएको दुर्घटनामा नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा कार्यरत चिकित्सक महेशकुमार गौतमको निधन भएको छ । गौतम शनिवारको बिदा मनाउन सपरिवार सासु–ससुरासहित थानकोट–चित्लाङ सडक प्रयोग गरी चन्द्रागिरि प्रस्थान गरेका थिए । गौतम परिवार सवार प्र ३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी दिउँसो १ः५५ बजे चन्द्रागिरि नगरपालिका–४ पानी घाट हिमचुली सेतो पहरामा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। 

    दुर्घटनामा डा गौतमसहित  ससुरा ६७ वर्षीय ओमकार निधि तिवारी, सासु ६४ वर्षीया कल्पना तिवारी र चार वर्षीय छोरा प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो।घटनास्थलबाट घाइते अवस्थामा उद्धार गरिएकी ६ वर्षीया छोरी स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको छ। 

    डा गौतमकी पत्नी डा सृष्टि तिवारी गौतम भने दुर्घटनाबाट जोगिएकी छन् । गाडी चिप्लिएर पछाडि जाँदैगर्दा झ्याल खोलेर हाम फाल्न सफल भएपछि उनको ज्यान जोगिएको प्रहरीले जनाएको छ । डा सृष्टि पनि नेपाल क्यान्सर अस्पतालमै कार्यरत छिन् । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ।

    उकालोमा गाडी चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ‘उकालो र चिप्लो सडक भएकाले चिप्लिएर दुर्घटना भएको देखिन्छ,’ प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक९डिएसपी० नारायण अधिकारीले भने,‘अहिले दुर्घटना भएकै ठाउँमा साउनमा पनि दुर्घटना भएको थियो ।’ साउन १२ गते सोही ठाउँमा बा १० च ३५४६ नम्बरको मारुती कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । पाँच जना सवार गाडीमा तीनजना भने बच्न सफल भएका थिए।

    दुर्घटना क्षेत्र काठमाडौंको थानकोट भएर मकवानपुरको थाहा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र चित्लाङ जोड्ने गणेशमानसिंह मार्गमा पर्छ । २०७३ मा निर्माण सुरु गरिएको यो सडकको अवस्था दयनीय रहेको स्थानीयवासीले जनाएका छन्।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend