२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भारतमा लडाकु विमान दुर्घटना,३ जनाको मृत्यु


सञ्चार डबली
  • सोमबार, वैशाख २५ २०८०
  • 8.9K
    SHARES

  • images
    भारतमा लडाकु विमान दुर्घटना,३ जनाको मृत्यु


    काठमाडौं, २५ वैशाख ।  भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । भारतीय वायुसेना (आईएएफ)  को मिग–२१ विमानआज बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो । 

    हनुमानगढका एसपी सुधीर चौधरीका अअनुसार दुई महिलाको घटनास्थलमै र अर्को एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । मृत्यु हुनेमा ५५ वर्षीया लीला देवी, ४५ वर्षीय बाँसो कौर र ५० वर्षीय बान्टो रहेका छन् । 

    घाइते तीनजनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी स्थापना गरिएको आईएएफले जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend