२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images
समाचार

ससुराली गएका ज्वाइँले गरे श्रीमतीको हत्या, सासु र छिमेकी घाइते


  • शुक्रबार, पुस २७ २०८०
  • 9.8K
    SHARES

  • images
    ससुराली गएका ज्वाइँले गरे श्रीमतीको हत्या, सासु र छिमेकी घाइते

    काठमाडौं, २७ पुस ।  पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको मृत्यु भएको हो।

    बिहीबार बेलुका कुरुम्बाङले श्रीमतीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताए। खुकुरी प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन्। 

    बिहीबार बेलुका ८ बजे घरायसी विवाद मिलाउन ससुराली घरमा छलफल भइरहेका बेला कुरुम्बाङले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको कुशवाहले बताए। त्यसपछि उनले सासुलाई खुकुरी प्रहार गरेका थिए। त्यसक्रममा झगडा छुट्याउन गएका बेला छिमेकी श्रेष्ठमाथि पनि उनले खुकुरी प्रहार गरेका थिए।

    ‘घरायसी विवाद के थियो भन्ने स्पष्ट खुलेको छैन, तर सासु र श्रीमतीसँग छलफल भइरहेका बेला कुरुम्बाङले एक्कासि खुकुरी प्रहार गरेको बुझिएको छ,’ कुशवाहले भने, ‘रोक्न जाँदा छिमेकीलाई पनि प्रहार गरेको बुझिन्छ।’

    कुरुम्बाङ घटनापछि फरार छन्। उनको खोजी भइरहेको कुशवाहले बताए। घाइते सासु कान्छीमाया र श्रेष्ठको झापा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते रहेकी कान्छीमायाको आइसियूमा राखेर उपचार भइरहेको कुशवाहले बताए।

     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend