२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images
समाचार

नेपालमा जानसक्छ आठ रेक्टर भन्दा ठूलो भूकम्प

  • बिहीबार , पुस २६ २०८०
  • 12.2K
    SHARES

  • images
    नेपालमा जानसक्छ आठ रेक्टर भन्दा ठूलो भूकम्प

    काठमाडौ, २६ पुस । सरकारले २ माघमा २६ औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । बिहीबार २६ औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

    सरकारले माघ २ गते स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ भन्ने मूल नारासहित दिवस मनाउन लागेको हो । वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

    विगतका वर्षको जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले बताउनुभयो ।

    उहाँले २६ औँ भूकम्प सुरक्षा दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थिति रहने बताउनुभयो । उहाँले नेपालको पश्चिम भागमा महसुस हुने भूकम्प करिब ५१७ वर्षदेखि नगएकाले सञ्चित ऊर्जाबाट ८ रेक्टर भन्दा ठूलो भूकम्प जान सक्ने सम्भावना रहेको वैज्ञानिकहरूले आकलन गरिरहेको बताउनुभयो ।

    उहाँले नेपालमा विभिन्न कालखण्डमा ठूलादेखि साना भूकम्पहरू २०७२ सालको गोर्खा, बझाङ, जाजरकोटमा गएको भूकम्पमा कमजोर घर संरचना भत्किँदा ठूलो जनधनको क्षति भएको बताउनुभयो ।

    उहाँले नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवनसंहिता विशेष गरी स्थानीय तहहरुबाट हुने नक्शा पासमा अक्षरसः पालना हुँदा मात्रै सोचेको भूकम्प सुरक्षा सुनिश्चित गर्न सकिने बताउनुभयो । उहाँले कमजोर घर संरचनाहरुलाई सुरक्षित बनाउन प्रवलिकरण कार्य अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

     सरकारले २ माघमा २६ औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । बिहीबार २६ औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

    सरकारले माघ २ गते स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ भन्ने मूल नारासहित दिवस मनाउन लागेको हो । वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

    विगतका वर्षको जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले बताउनुभयो ।

    उहाँले २६ औँ भूकम्प सुरक्षा दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थिति रहने बताउनुभयो । उहाँले नेपालको पश्चिम भागमा महसुस हुने भूकम्प करिब ५१७ वर्षदेखि नगएकाले सञ्चित ऊर्जाबाट ८ रेक्टर भन्दा ठूलो भूकम्प जान सक्ने सम्भावना रहेको वैज्ञानिकहरूले आकलन गरिरहेको बताउनुभयो ।

    उहाँले नेपालमा विभिन्न कालखण्डमा ठूलादेखि साना भूकम्पहरू २०७२ सालको गोर्खा, बझाङ, जाजरकोटमा गएको भूकम्पमा कमजोर घर संरचना भत्किँदा ठूलो जनधनको क्षति भएको बताउनुभयो ।

    उहाँले नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवनसंहिता विशेष गरी स्थानीय तहहरुबाट हुने नक्शा पासमा अक्षरसः पालना हुँदा मात्रै सोचेको भूकम्प सुरक्षा सुनिश्चित गर्न सकिने बताउनुभयो । उहाँले कमजोर घर संरचनाहरुलाई सुरक्षित बनाउन प्रवलिकरण कार्य अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend