२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पेरुको सुन खानीमा आगलागीः २७ जनाको मृत्यु


सञ्चार डबली
  • सोमबार, वैशाख २५ २०८०
  • 9.8K
    SHARES

  • images
    पेरुको सुन खानीमा आगलागीः २७ जनाको मृत्यु


    काठमाडौं, २५ बैशाख । पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । पेरूको दक्षिणी क्षेत्रमा अबस्थित सुदूर कोन्डेसुयोस प्रान्तको सुनखानीमा आगलागी हुँदा २७ कामदारको मृत्यु भएको हो ।

    प्रहरी अधिकारीका अनुसार एरिक्विपा क्षेत्रमा अवस्थित ला एस्पेरान्जा खानी भित्रको सुरुङमा बिधुतीय सर्ट सर्किट हुँदा आगलागी सुरु भएको थियो । सो दुर्घटना हेरेका सरकारी अधिकारी जियोभान्नी माटोसका अनुसार खानी भित्र थुनिएका सबै २७ जनाको मृत्यु भएको छ ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार खानीमा एक्कासी विस्फोट आवाज सुनिएको थियो । र, वरपर त्रासको बातावरण देखा परेको थियो । प्रहरीले भने खानीमा भएको आगलागी परी मृत्यु भएकाको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend