२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज एन्फा कार्यसमितिको बैठक बस्दै, विवाद कायमै


सञ्चार डबली
  • सोमबार, वैशाख २५ २०८०
  • 11.3K
    SHARES

  • images
    आज एन्फा कार्यसमितिको बैठक बस्दै, विवाद कायमै

    काठमाडौं, २५ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । एन्फा महासचिव किरण राईले आइतवार पदाधिकारी तथा सदस्यहरु लाई पत्रमार्फत आज दिउँसो २ बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु हुने आपतकालिन बैठकमा उपस्थित हुन अनुरोध गरेका छन्।

    ‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) वमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आपतकालिन बैठक राखिएको हुँदा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ,’ पत्रमा उल्लेख छ।

    यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दिपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिस्कार गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend