२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 मुगु हिमपहिरोबाट १ जनाको मृत्यु, २ जना अझै बेपत्ता 


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 9.3K
    SHARES

  • images
     मुगु हिमपहिरोबाट १ जनाको मृत्यु, २ जना अझै बेपत्ता 


    मुगु २४ वैशाख  । मुगु हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको र अझै दुईजना नभेटिएको पुष्टि भएको छ । यसअघि तीनजनाको मृत्यु भएको भनिएको सूचना गलत रहेको पुष्टि गर्दै आइतबार बिहान बसेको जिल्ला सुरक्षा समिति बैठकमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एकजनाको मृत्यु भएको र दुईजना अझै फेला नपरेको जानकारी गराएका निमित्त प्रहरी नायव उपरिक्षक सुदर्शन पन्थीले जानकारी गराए । 

    सम्पर्कविहीन भएकाहरुको खोजीकार्य भइरहेको उनले जानकारी दिए । गत शुक्रबार  हिमपहिरोमा परेर तीनजना बेपत्ता भएका थिए  । यार्सागुम्वा टिप्न जुम्लाको पातारासि गाउँपालिका–२ तल्फी गाउँका १५ स्थानीयहरु ११ वैशाखबाट मुगुको पाटनका लागि हिँडेका थिए  । 

    जुम्लाबाट मुगु हुँदै यार्सा पाटन पुग्न लाग्दा २२ वैशाखको दिउँसो १ बजे च्र्यागो लेखको बाटोमा हिँड्दै गर्दा माथिबाट हिमपहिरो खस्दा तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्ता भएका थिए । पुन्न सार्कीको शव भेटिए बाँकी दुईजनालाई भेट्याउन नसकेको सँगै यार्सा टिप्न हिँडेका कन्न सार्कीले फोन मार्फत जानकारी दिए ।  

     बेपत्ता भएका दुईजना मध्येका तारासिंगका छोरा रमेश सार्की र भाइहरू हर्क सार्की, प्रकाश सार्कीसहित १२ जना हिमपहिरो आएपछि ज्यान जोगाएर रातारात हिँडेर मुगु सदरमुकाम गमगढी आइपुगेको उनले बताए । 

    घटना स्थल रहेको मुगुको मुगूम कार्मारोङ्ग गाउँपालिका–२ च्यार्गो लेख पुग्न जिल्ला सदरमुकाम गमगढीबाट चार दिन र मुगु गाउँबाट दुई दिन पैदल यात्रा लाग्ने माग्री गाउँका स्थानीय छेवाङ्ग तोर्चे लामाले जानकारी दिए । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend