२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

५४ तोला सुन र ८ केजी चाँदीसहित तीनजना पक्राउ


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 8.2K
    SHARES

  • images
    ५४ तोला सुन र ८ केजी चाँदीसहित तीनजना पक्राउ

     

    विराटनगर, २४ वैशाख । कोशी प्रदेश प्रहरीले ५४ तोला सुन र आठ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ । विराटनगरको रानी नाकाबाट भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र आठ केजी चाँदीसहित भारतीय नागरिक ६१ विनोद कुमार मुरारका, उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विनोद दुगड ग्रुपका लेखापाल रहेका खुलेको छ ।

    उनी आफ्नो घर भारतको विहार कटिहार जान लागेका थिए । तर, उनीहरुलाई प्रहरीले अवैध सुनचाँदी र ७ लाख ९५ हजार २८९ भारतीय रुपैयाँ पनि बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend