२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अमेरिकाको टेक्सासमा भएको गोलाबारीमा परी ९ मृत्यु


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 10.6K
    SHARES

  • images
    अमेरिकाको टेक्सासमा भएको गोलाबारीमा परी ९ मृत्यु


    टेक्सास, २४ बैशाख । अमेरिकाको टेक्सासमा फेरि एकपटक क्रस फायर भएको छ । टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । सो गोलीबारीमा परी बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी एलेनले टेक्सासको एलेन प्रिमियम आउटलेट मलमा गोली चलाउन सुरु गरेको थियो । र, प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने सदिग्ध ऐलन पनि मारिएका छन् ।

    घटनाका केही तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा रगतले लतपतिएका मानिसहरु भुइँमा लडिरहेको देख्न सकिन्छ । भिडियोमा मारिएका आक्रमणकारी पनि देखिन्छन् । आक्रमणमा प्रयोग गरिएको बन्दुक पनि उनको शरीर नजिकै देखिन्छ । 

     पुलिस विभागले आधिकारिक ट्विटर ह्यान्डलमार्फत मानिसहरूलाई उक्त क्षेत्रमा नजान सल्लाह दिएको छ। शेरिफको कार्यालयका प्रवक्ताले भने कि केही पीडितहरू मल भित्र फसेका छन, हाल उनीहरुको अवस्थाबारे कुनै जानकारी आएको छैन ।

    सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो अनुसार मलमा उपस्थित धेरै कर्मचारीले भवनभित्र शरण लिएका छन् । पसलकी जिल वूलीले स्थानीय समाचार स्टेसनलाई बताइन् कि उनी आफ्नी ७९ वर्षीया आमासँग गोली चल्दा भित्र थिइन्।

     ‘मलाई तुरुन्तै थाहा थियो कि यो बन्दुकको गोली हो। त्यसपछि हामी भुइँमा पल्ट्यौं,’ वुलीले सञ्चारकर्मीसँग भनिन् ।‘आजको यो हिंसात्मक घटनाबाट हाम्रा पाहुनाहरू र भाडामा लिनेहरू प्रभावित भएकोमा हामी निराश भएका छौं,’ मल सञ्चालक मध्ये एक माक्र्सले भने । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend