२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

चार्ल्स तृतीयको राज्याभिषेक चलिरहदा बेलायतमा राजतन्त्र विरोधी प्रदर्शन


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 8.2K
    SHARES

  • images
    चार्ल्स तृतीयको राज्याभिषेक चलिरहदा बेलायतमा राजतन्त्र विरोधी प्रदर्शन

    काठमाडौं, २४ बैशाख । बेलायतमा राजतन्त्र विरोधी प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी ब्यक्ति पक्राउ परेका छन् । शनिवार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह चलिरहेको बखतमा उक्त प्रदर्शन गरेको आरोपमा ५० भन्दा बढी पक्राउ परेका हुन ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार बेलायती राजतन्त्रको विरूद्धमा प्रदर्शन गर्ने बिरोधी समूहका नेतासहित ५० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरुले राज्यभिषेक समारोह चलिरहेको बखतमा मध्य लण्डनको ट्राफलगर स्कवायर लगायतकाका स्थानमा बेलायती राजसंस्था विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

    राजतन्त्र बिरोधी अभियानका बिरोधी नेता ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ पर्नु अघि प्रदर्शनकारीहरुले ‘नट माई किङ’ जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए । उनीहरुले टिसर्टमा राजतन्त्र बिरोधी नारा लेखेर प्रदर्शनमा उत्रिएका हुन् ।

    उनीहरुले सो प्रदर्शन त्यही बेला गरिरहेका थिए, जुन बेला राजा चार्ल्स तृतियाको लन्डनमा भब्य राज्यभिषेक समारोह चलिरहेको थियो ।यसरी पक्राउ परेका माथि सार्वजनिक ब्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend