२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता,उद्धारमा समस्या


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 8.2K
    SHARES

  • images
    हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता,उद्धारमा समस्या

    काठमाडौं, २४ बैशाख ।  हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता भएका छन् । जुम्लाको पातारासि गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीरबोहोरा बेपत्ता भएको जुम्लाको पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।

    अन्दाजी १२ देखि १३ जनाको टोली मध्ये ३ जना बेपत्तामा परेको बोहोराको भनाई छ । उनका अनुसार उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका(२ च्यार्खु भन्ने लेकमा आज बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।

    उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएको जानकारी दिए । उनीहरु बेपत्ता भएको भनेरमात्र खवर आयो यसको एकिन जानकारी आउन बाँकि रहेको बताए । बेपत्ता भएता तीन जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकार लाई जानकारी गराएको उनको भनाई छ । सबै क्षेत्र बाट उद्धाको लागि पहल भइरहेको र भौगोलिक अवस्थाले पनि उद्धारमा समस्या देखिने बताइएको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend