२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गोरखा समाज अष्ट्रेलियाको चौथो बार्षिक साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 8.2K
    SHARES

  • images
    गोरखा समाज अष्ट्रेलियाको चौथो बार्षिक साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन

    २४ वैशाख, २०८०  आइतवार

    अष्ट्रेलिया - गोरखा समाज अष्ट्रेलियाको अध्यक्षमा आनन्द श्रेष्ठ चयन भएका छन् । शनिबार अष्ट्रेलियाको सिड्नीमा सम्पन्न समाजको चौथो बार्षिक साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    समाजका अध्यक्ष प्रकाश बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको सभाबाट उपाध्यक्षमा योगेन्द्र जोशी, महासचिवमा इश्वर दाहाल, सचिवमा ऋतु श्रेष्ठ, कोषाध्यक्षमा राजु पोखरेल र सहकोषाध्यक्षमा संजिव अम्गाई चयन भएको निर्वाचन समितिका डिल्ली ढकालले सञ्चारडबलीलाई जानकारी दिए ।

    त्यस्तै समाजको कार्यसमिति सदस्यमा दिनेश श्रेष्ठ, रञ्जन देवकोटा, सुजन श्रेष्ठ, गणेश भट्ट, प्रेम खड्का, अञ्जन श्रेष्ठ चयन भएका छन् । यसैगरी सविता देवकोटा डल्लाकोटी, रेखा भट्ट, सुरज श्रेष्ठ, संजिव सिंखडा, दिपेन्द्र भट्ट, रेश्मा ढकाल, समिप पोखरेल र सुमित्रा मगराती समेत कार्यसमिति सदस्यमा चयन भएको बताइएको छ ।

    सभाले कृष्ण भट्टलाई समाजको प्रवक्ताका रुपमा चयन गरेको छ । सामाजिक सेवा भाव राखि सन २०१४ मा सिड्नीक एसफिल्ड पार्कबाट शुरु भएको यस सँस्थाले छोटो समयमा उल्लेख्य सामाजिक कार्य गरि सामाजिक उचाई बढाएको सँस्थापक सदस्य,पुर्ब सचिब तथा गोरखा ग्लोबल समाजका बर्तमान प्रबक्ता शिब बन्जाराले बताए ।

    गोरखा घर भई अध्ययन, रोजगारी, ब्यवसाय लगायत सिलिसिलामा अष्ट्रेलियामा बसोबास गर्ने गोर्खालीहरुको साझा संस्थाका रुपमा रहेको यस समाजले नयाँ बर्ष २०८० को भित्तेपात्रो समेत सार्वजनिक गरेको जनाएको छ ।

    समाजले कोभिड १९ को संग्रमणकालिन अवस्था लगायत बिभिन्न समयमा जिल्लाका बिबिध क्षेत्रमा सहयोग गर्दै आएको छ । सामाजिक कार्यमा कृयाशिल समाजले आगामी दिनमा समेत गोरखा लगायत देशभर आवस्यकता अनुसार सहयोग, सहकार्य, समन्वयलाई प्राथमिकता दिने योजना समेत बनाएको बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend