२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कतारमा किरातिहरुले शालिवा श्यादर पिदार, साकेला उभौली - ५०८३ भब्यताका साथ सम्पन्न।


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 9.4K
    SHARES

  • images
    कतारमा किरातिहरुले शालिवा श्यादर पिदार, साकेला उभौली - ५०८३ भब्यताका साथ सम्पन्न।

    २४ वैशाख, २०८० 
    दोहा, कतार : किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, साकेला उभौली - ५०८३ भव्यरुपमा मनाएका छन । सुनुवार सेवा समाज शाखा कतार र किरात राई यायोक्खा शाखा कतारको आयोजनामा किरात मूल समारोह आयोजक समिती दोहा, कतारद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

    किरात मुल समारोह आयोजक समिति दोहा, कतारका संयोजक तथा सुनुवार सेवा समाज शाखा, कतारका  अध्यक्ष नीर बहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष भाइ काजी गुरुङको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलनको साथ नेपालि राष्ट्रिय गान सहित यो भुमी चुम्नेू किराँती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो।

    1.jpg
    undefined

    कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व बारेमा किरात मुल समारोह आयोजक समिती कतारका उप-सयोजक तथा किरात राई याहोक्खा कतारका अध्यक्ष शंकरमान राईले प्रकाश पारेका थिए । किरातिहरु प्रकृति पुजक विधि रुपमा र मौलिक झाकी सुनुवार सेवा समाज शाखा कतारले श्यादर शिल र किरात राई यायोक्खा शाखा कतारले साकेला प्रस्तुत गरिएको थियो । किरात सुनुवार समुदायले सालिवा श्यादर पिदार र किरात राईहरुले साकेला उभौली भन्ने गर्दछ । आदिम कालमा किराती पुर्खाहरुले अन्न बालीको खोज गरि बालि लगाउने बेला र उठाउने बेलालाई सिजनको रुपमा मान्न थालियो । 

    दुई सिजन मध्ये बैशाख महिनामा गर्मीको समयमा अन्न बालि लगाउने सिजनमा लगाएको बालि सप्रियोस भनेर भूमिको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जीवजन्तुहरु गर्मीको कारण उभो लेक तिर जाने, खोलाको माछाहरु पनि उभो खोलाको सिर तिर चढ्ने भएको हुदा यस लाई उभौली चाडको रुपमा मान्ने गरिएको छ । त्यसै गरि अर्को सिजन मंसिर महिना जाडोको सिजनमा अन्न बालि भित्र्याउने समयमा पाकेको बालि आफु खानु अघि पितृहरुलाई चढाउदै पितृको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जीवजन्तूहरु पनि जाडोको कारण तल बेसी तिर झर्ने, खोलाको माछाहरु पनि तल झर्ने भएका हुदा यस लाई उधौली चाडको रुपमा मान्ने गरिएको हो ।  

    बैशाखे पुर्णिमाको सिजनमा अन्न बालीहरु लगाउने र सिजनमा लगाएको बालिनाली सप्रीयोस भनेर भुमी पुज्दै किरातीहरुले आफ्नो पितृहरुलाई फेदाङ्बा र नछुङ् राखेर पितृ पुजा गर्दै ढोल झ्याम्टा बजाउदै साकेला सिली र धान नाच र श्यादरसिल नाचदै धुम धामकासाथ मनाउने चलन छ । कार्यक्रममा गैर आवासिय नेपाली संघ, बैचारिक, महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश ,जिल्ला संस्थाहरु, पत्रकार तथा साहित्यिक सस्था र समाज सेवि, बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको थियो । 3.jpg

    कार्यक्रममा प्रमुख अतिथि भाइ काजी गुरुङ, गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा लगायत दर्जनभन्दा बढी वक्ताहरूले प्रवास भुमि कतारबाट पनि आफ्नो,धर्म सस्कृती परम्परा जोगाउनु उल्लेखनीय भुमिका खेलेकोमा धन्यवाद प्रकट गर्दै आफ्ना शुभकामना मन्तव्य राखेका थिए । 

    सांस्कृतिक कार्यक्रम अन्तर्गत संस्थाका कलाकारहरुले मौलिक प्रस्तुति र सबै बिधाका नृत्य तथा गायनद्वारा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए । जसमा कलाकारहरु बेग बहादुर सुनुवार, झरना राई, भरत सुनुवार,कमल बिक्रम सुनुवार , पुष्पा थापा, आरजु राई ,मिलन राई , बबिता राई, जीवन राई , आसा राई, निरु राई ,सबिना राई, अमृत लिम्बू ,बनिता राई लगायतका कलाकारहरुले उपस्थित सम्पुर्णलाई भरपुर मनोरञ्जन दिलाएका थिए । किरातिहरुको सस्कार सस्कृती प्रचलन अनुसार प्रबासी भुजेल समाज कतारबाट र  चेलिहरुबाट माईतिलाई राष्ट्रिय चाड उभौलिको शुभकामना सहित कोसेली प्रदान गरिएको थियो। 

    अन्त्यमा औपचारिक र सांस्कृतिक दुबै कार्यक्रमको समापन किरात मुल समारोह आयोजक समिती दोहा कतारका संयोजकरसभापति नीर बहादुर सुनुवारले उपस्थित सबैलाई र कार्यक्रम सफल बनाउन अहोरत्र खाटिनु हुने सम्पुर्ण साथै कलाकार सबैमा धन्यवाद व्यक्त  गरेको थिए। कार्यक्रमको सहजीकरण (संचालन) किरात राई यायोक्खा शाखा कतारका कावा महासचिव किरात मुल समारोह आयोजक समितिका दोहा, कतारका सदस्य सचीव  राजु राइले गरेका थिए  । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend