२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हिमपहिरोमा परेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी


सञ्चार डबली
  • शनिबार, वैशाख २३ २०८०
  • 7.6K
    SHARES

  • images
    हिमपहिरोमा परेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी

    काठमाडौं, २३ बैशाख ।  हिमपहिरोमा परेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा अझै फेला परेका छैनन्। 

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार बेपत्ता भएका दुई जनाको खोजी कार्य अझै जारी राखिएको छ । बर्षा र हिमपातका कारण खोजी कार्यमा असहज भए पनि तालिम प्राप्त सुरक्षाकर्मीले हिमपात गएको क्षेत्रमा स्थानीयवासीसँगको सहकार्यमा खोजी कार्य जारी राखिएको छ ।

    यता, ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच मध्ये तीनजनाको भने शव भेटिएको थियो । उनीहरु तीनै जनाको शव भारतीय सिमा हुदैँ तीन दिन पछि हिजो सदरमुकाम खलंगा ल्याईएको थियो । 

     गत साता गएको हिमपहिरोमा परी निधन भएका दुहुँ गाउँपालिका–४ दार्चुलाकी ३८ वर्षीया कमला कुँवर र उनका १८ वर्षीय छोरा प्रविण कुँवर  तथा जोरायल गाउँपालिका–२ बुडर, डोटीकी ४५ वर्षीया नक्नी डोमा थापाको शव भने परिवारजनलाई हस्तान्तरण गरिएको छ 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend