२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भारतीय बिदेशमन्त्री जयशंकरको पाकिस्तानी समकक्षीबारे टिप्पणी, ‘आतंकबादीका प्रवक्ता’


सञ्चार डबली
  • शनिबार, वैशाख २३ २०८०
  • 9.0K
    SHARES

  • images
    भारतीय बिदेशमन्त्री जयशंकरको पाकिस्तानी समकक्षीबारे टिप्पणी, ‘आतंकबादीका प्रवक्ता’

    काठमाडौं, २३ बैशाख । भारतीय विदेश मन्त्री एस जयशंकरले आफ्ना पाकिस्तानी समकक्ष बिलावल भुट्टो जरदारीलाई ‘आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता’ भनेका छन्। बिदेशमन्त्री जयशंकरको यो भनाइ गोवामा आयोजित सांघाई सहयोग संगठन (एससीओ) सदस्य देशका विदेश मन्त्रीहरूको बैठकपछि आएको हो।

    एस जयशंकरले भने, ‘भुट्टो जरदारी एससीओ सदस्य देशको विदेशमन्त्रीको रूपमा आएका थिए, यो बहुपक्षीय कूटनीतिको हिस्सा हो र हामीले यो भन्दा बढि केही देख्दैनौं ।’

    आतंकवादसँग सामूहिक रूपमा सामना गर्ने पाकिस्तानी बिदेश मन्त्री जर्दारीको आह्वानमा बिदेशमन्त्री एस जयशंकरले भने, ‘आतंकवादका पीडितहरू आतंकवादको बारेमा छलफल गर्न बसेको छन, उनीहरु पीडकहरूसँग बस्दैनन्।’ उनले जम्मु कश्मीर भारतको हिस्सा थियो, छ र सधैं रहनेसमेत बताएका छन् ।

    पाकिस्तानी बिदेश मन्त्री जर्दारी गोवामा आयोजित सो सम्मेलनमा भाग लिनका लागि भारत आएका थिए । सन २०१४ पछि भारतमा पाकिस्तानकातर्फवाट यो नै उच्चस्तरीय भ्रमण हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend