२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

चुुगाँ गाउँका दलित बस्तीका नागरिक ४७ बर्ष देखि नजरबन्दमा ।


सञ्चार डबली
  • शुक्रबार, वैशाख २२ २०८०
  • 12.4K
    SHARES

  • images
    चुुगाँ गाउँका दलित बस्तीका नागरिक ४७ बर्ष देखि नजरबन्दमा ।

    नन्द बहादुर रोकाया
    शुक्रबार, वैशाख २२, मुुगुु
    मुगुुको छायाँनाथ रारा नगरपालिका वडा नं ८ चुुगाँ गाउँका दलित समुदाय जो ४७ बर्ष देखि नजरबन्द जस्तै जिवनयार्पन गदै आएका छन । रारा राष्ट्रिय निकुुञ्ज भित्र रहेको यस गाउँका स्थानीय निकुञ्जको निति नियम कानुनका कारण उनिहरु नजरबन्द जस्तै जिवनयार्पन गदै आएका हुन । रारा राष्ट्रिय निकुुञ्ज स्थापाना काल अघि देखि बसोबास गदै आएका चुुगाँ गाउँका ३० घरदुरीका दलित समुदाय निकुुञ्जको निति नियम ,कानुुनले हैरान भएको बताउँछन । रारा राष्ट्रिय निकुुञ्जको स्थापाना २०३२ सालमा  भएको हो । निकुुञ्ज स्थापना पछि  रारा राष्ट्रिय निकुुञ्ज भित्र रहेका छाप्रुु र रारा दुई गाउँका स्थानीय लाई नेपाल सरकारले बाँकेको चिसापानी स्थान्तरण गरेकोे थियो ।

    तर चुुगाँ गाउँ दलित बस्ती भएकै कारण निकुञ्ज भित्र रहेको चुुगाँ गाउँका दलित बस्तीलाई सरकारले पनि वास्ता गरेन आफुुहरु ४७ बर्ष देखि निकुुञ्जको नितिनियमले जंगली जनावर सरह बाँच्नुपरेको ८० बर्षिय वृद्ध जयराम विकले बताए । उनका अनुुसार निकुुञ्ज भित्रको बसाई कष्टपुर्ण भएको र राज्यको सेवा सुविधा बाट बञ्चित हुुन परेकोले बस्ती स्थानन्तरणका का लागी जिल्लाका नेता, देखि रारा राष्ट्रिय निकुुञ्ज सम्म जानकारी गराउदाँ पनि सुुनुवाई नभएको बताए । स्थानिय युवा रतन विकका अनुसार बस्ती निकुुञ्जको कोर एरिया भित्र पर्ने भएकाले राज्य बाट आउने सेवा सुुविधा निकुुञ्जकै कारण रोकिने गरेका बताएका छन । गाउँमा कुनै पनि बिकासी योजना आउदाँ आफुु खुसी सञ्चालन गर्न पाईदैन , निकुुञ्ज संग अनुमति माग्न जादाँ निकुञ्जले दिन मान्दैन निकुुञ्जको निति नियम भन्दा बाहिर जान मिल्दैन भन्दै अनुुमति नदिदाँ गाउँमा आएका बिकासका योजना निमार्ण गर्न सकस भएको बताए ।  

    ccc1.jpeg
    undefined


    गाउँमा स्वास्थ्य चौकी छैन , गर्भवती महिला लगायत अन्य बिरामिलाई अस्पताल लिनको लागी आधा घण्टा सम्म डोकोमा बोकेर रोड सम्म लिनुु पर्ने बाध्यता छ । गाउँमा खानेपानि, शिक्षा ,स्वास्थ्य सबैको समस्याका बावजुत जिवनयार्पन गर्न बाध्य भएका स्थानीय बताउँछन । यसै बिच रारा राष्ट्रिय निकुुञ्ज भित्र रहेको चुुगाँ गाउँ दलित बस्तीमा जंगली जनावरको सास्ती पनि उत्तिकै रहेको । चुुगाँ गाउँका स्थानीयको निकुुञ्ज भित्रै नापी भएको जग्गा छ । आफनो जग्गामा खेतीपाति गरेको सबै जंगली जनावरले सखाप पार्ने गरेका स्थानीय ६० बर्षिय वृद्ध लाल धरा विकले बताईन । उनका अनुसार बर्ष भरी खेतीपाति  गर्यो पाक्ने बेला जंगली जनावर ,बाँदर, बदेल चरा चुुरुङ्गी लगायतले सखाप पार्ने गरेका छन । यो गाउँमा हरेक समस्या छ ,नजरबन्द सहर बाँच्नुुको विकल्प छैन उनले भनिन् चरिचरन घाँस दाउराको पनि उत्तिकै समस्या छ । घर बनाउँन पुुर्जी भने अनुसार पाईदैन ,घाँस दाउरा गर्न जंगल जादाँ निकुुञ्जका कर्मचारीले दुख दिने गरेका स्थानीय प्रेम बहादुर कामीले बताए ।


    छायाँनाथ रारा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कर्ण बहादुर रावलका अनुसार चुुगाँ गाउँ दलित बस्तीले निकुञ्ज प्रशासन ,जंगली जनावरको बर्षेनी सास्ती खेप्नुु परेको बताएका छन । उनका अनुसार बस्ती स्थान्तणका लागी पटक पटक कुरा उठेपनि कार्यन्वयन भएको छैन । रारा राष्ट्रिय निकुुञ्जको निति नियम र कानुन, जंगली जनावरको कारणले चुुगाँ गाउँका नागरिक आर्जित भएका र बस्ती स्थान्तरणको लागी वडा स्तरबाट सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको अध्यक्ष रावलले बताएका छन । यता रारा राष्ट्रिय निकुुञ्जका वन संरक्षण अधिकृत बिश्व बाबुु श्रेष्ठका अनुसार जनावर बस्ने स्थानमा मानव बस्ती बस्दा पक्कै पनि केहि समस्या हुने गरेको बताएका छन । रारा राष्ट्रिय निकुुञ्ज बिशेष गरी जंगली जनावरको बास स्थान अर्थात घर हो । जनावरको बासस्थानमा मानवबस्तीले अत्तिक्रमण गरेर बस्नुु उचित हुदैन । 


    समुदायको तर्फबाट हेर्दा निकुुञ्ज भित्रको बसाईले मानवलाई समस्या भयो भन्ने होला तर निकुुञ्जको तर्फ बाट हेर्ने हो भने निकुञ्ज भित्रको मानवबस्तीका कारण जंगली जनावर लाई अन्याय भएको जस्तो देखिन्छ । बस्ती स्थान्तरणको लागी कुरा आएको भन्ने आफुले सुुनेको बताउदै संरक्षण अधिकृत श्रेष्ठले भन्नुुभयो निकुञ्ज भित्र बस्ती बस्नुु राम्रो हुदैन । निकुञ्ज भित्र रहेका रारा छाप्र का बस्ती लाई जसरी बस्ती स्थान्तण गरेर बाँकेको चिसापानि, गाभार मा जसरी सारिएको छ त्यसरी चुुगाँ गाउँको बस्तीलाई सादाँ उपयुक्त हुने र यस्को लागी सबैले सहयोग गर्नु पर्ने  संरक्षण अधिकृत श्रेष्ठले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend