२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

काली गण्डकीले पोखरेबगरको पुल बगायो


सञ्चार डबली
  • आइतबार, असोज ११ २०८३
  • 737
    SHARES

  • images
    काली गण्डकीले पोखरेबगरको पुल बगायो

    म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत अन्नपूूर्ण गाउँपालिका-६ पोखरेबगर र वडा नम्बर-२ भुरुङ्ग-तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ ।

    अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा-२, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् ।

    यसैगरी, अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुई जनाको खोजी जारी छ ।

    बेनी-जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । अन्नपूर्ण गाउँपालिका-४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend