२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्स र सिटीटेक र माछापुच्छ्रे बैंकद्वारा ‘गेट पे’ संचालनको लागि त्रिपक्षीय सम्झौता


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 9.0K
    SHARES

  • images
    नेप्स र सिटीटेक र माछापुच्छ्रे बैंकद्वारा ‘गेट पे’ संचालनको लागि त्रिपक्षीय सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले सोमबार एकीकृत व्यापारी व्यवस्थापन प्रणाली (गेट पे) संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् । सम्झौता पत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

    नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस संचालनमा आइसकेपछि भुक्तानी उपकरण र संजाललाई बैंक र व्यापारीले एकीकृत रूपमा व्यवस्थापन गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । सम्झौताले व्यापारीको हाल भुक्तानी उपकरण तथा संजालसँग अलग अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।

    यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरण तथा संजाललाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीलाई सेवा लिन र दिन सहज हुनेछ । भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्त्वपूर्ण डाटाहरूको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरूलाई बैंकहरुले अझ परिष्कृत सेवाहरू प्रदान गर्न सहज हुनेलगायतका विशेषता गेट पे मा रहेका छन् ।उक्त सम्झौता पछि, तीनै पक्षले चाँडो यसलाई प्रयोगमा ल्याउने दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend