शुक्रबार, वैशाख २२, २०८०
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभरको पहाडी भू–भागमा आज बिहान मौसम सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
कोसी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
आज काठमाडौंमा विगत केही दिनको तुलनामा मौसम सफा हुने मौसमविद् शाक्यको भनाइ छ । बिहान हुस्सु देखिए पनि घाम लागेसँगै हट्ने उनले जानकारी दिइन् । दिउँसो काठमाडौंको आकासमा केही बादल भने देखिने बताउँदै उनी भन्छिन्, “काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना न्यून छ ।”


