२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम मौका आज


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 9.4K
    SHARES

  • images
    हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम मौका आज


    काठमाडौं । निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । हिजो पुस १ गते नै आईपीओ पुरै बिक्री भएसंगै कम्पनीले आज आईपीओ बिक्री बन्द गर्न लागेको हो ।

    हिजो आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परिसकेको छ। हिजो साँझ ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको आईपीओमा १४ लाख ६० हजार १ सय १७ जना आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३ सय ६० कित्ताको लागि आवेदन दिएका हुन् ।

    कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend