२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

१७ प्रतिशत हकप्रद सेयर जारी गर्दै प्रभु महालक्ष्मी इन्स्योरेन्स


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 8.3K
    SHARES

  • images
    १७ प्रतिशत हकप्रद सेयर जारी गर्दै प्रभु महालक्ष्मी इन्स्योरेन्स

    काठमाडौं । प्रभु महालक्ष्मी इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।   पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल बीमा प्राधिकरणले तोकेको पाँच अर्ब चुक्ता पुँजी पुर्याउन ७० करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैठकले हकप्रद निष्कासनको लागि प्राधिकरणसँग स्वीकृति लिने र स्वीकृति प्राप्त भएपछि साधारणसभामा पेश गर्ने निर्णय गरेको जनाइएको छ ।

    कम्पनीको हालको चुक्ता पुँजी चार अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुग्नेछ । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब तोकेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend