२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एलआईसी नेपाल विरुद्ध धितोपत्र बोर्डमा उजुरी दर्ता, बजारमा चलखेल गरि इन्साइडर ट्रेडिङ गरेको आरोप


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 8.4K
    SHARES

  • images
    एलआईसी नेपाल विरुद्ध धितोपत्र बोर्डमा उजुरी दर्ता, बजारमा चलखेल गरि इन्साइडर ट्रेडिङ गरेको आरोप

    लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल विरुद्ध नेपाल धितोपत्र बोर्डमा उजुरी दर्ता भएको छ। कम्पनीले हकप्रद सेयर जारी गर्ने नाममा बजारमा चलखेल गरि इन्साइडर ट्रेडिङ मार्फत अनियमितता गरेको भन्दै कम्पनीका उच्च व्यवस्थापक तथा सञ्चालकहरुमाथि आवश्यक छानविन गर्ने सेबोनमा दर्ता गरिएको उजुरीमा भनिएको छ। 

    हकप्रदका नाममा कम्पनीले बजारमा चलखेल गरिएको , कम्पनीले २०२२ अगष्ट ३० तारिख(२०७९ भदौ १४) गते) हकप्रद सेयर जारी गर्ने घोषणा  २ महिना अघिदेखि नै कम्पनीको सेयर मूल्य ३२ प्रतिशतसम्मले वृद्धि गरेर १४ सय रुपैयाँसम्म पुर्याएको आरोप लगानीकर्ताले लगाएका छन् । 

    पत्रमा कम्पनीले २०८० असार १५ गते नेपाल बीमा प्राधिकरणबाट आफ्नो चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्काशन अनुमति पाएको भएतापनि  त्यसको साढे ३ महिनासम्म कम्पनीले उक्त सूचना लुकाएको भनिएको छ।  

    प्राधिकरणबाट स्वीकृति लिएको साढे ३ महिनापछि अर्थात २०८० असोज २९ गते मात्रै कम्पनीले हकप्रद सेयर जारी गरिपाउँ भन्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कुरा उजुरीमा उल्लेख गरिएको छ। पत्रमा बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०८० मंसिर १५ गते पत्र लेखेर हकप्रद जारी गर्ने सम्बन्धी अनुमति फिर्ता लिने चेतावनी सहित ३ दिनभित्र स्पष्टीकरण बुझाउन पत्र काटेको कुरा पनि नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको छ। 

    कम्पनीले प्राधिकरणलाई लेखेको पत्रमा नेपाल धितोपत्र बोर्डबाट ढिलाई भएकाले छिटो हकप्रद सेयर जारी गर्न नसकेको आरोप लगाएको कारण झन् कम्पनीले इन्साइडर गरेको हो कि भनेर नेपाल धितोपत्र बोर्डलाई अनुसन्धान गर्न भनिएको छ। 

    उक्त उजुरीमा बोर्डमा निवेदन दिएपछि पनि कम्पनीले स्वीकृति पाउनका लागि थप ताकेता नगरेको, एकै पटक २०८० मंसिर १३ गते मात्रै बोर्डलाई अर्काे पत्र लेखेर हकप्रदको अनुमति छिटो पाउँ भनेको उल्लेख गरिएको छ। 

    कम्पनीले हकप्रद सेयरका नाममा कम्पनीको मूल्य बढाएर १८ सय रुपैयाँसम्म पुर्याएको र कम्पनीको व्यवस्थापन र सञ्चालक समितिले सेयर बजारमा चलखेल गर्ने उदेश्यसहित हकप्रद सेयरको अनुमति बोकेर ब्रोकर कम्पनीहरुमा धाउँदै सेयर बजारमा मूल्य बढाउने गरि चलखेल गरि इन्साइडर ट्रेडिङ समेत गरेको देखिएकाले यथाशिघ्र छानविन गरि कडाभन्दा कडा कारवाही भन्दै उजुरी पत्र नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend