२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बुटवल पावर कम्पनीद्वारा ५ प्रतिशत लाभांश घोषणा, नगद लाभांश कति ?


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 7.6K
    SHARES

  • images
    बुटवल पावर कम्पनीद्वारा ५ प्रतिशत लाभांश घोषणा, नगद लाभांश कति ?

    काठमाडौँ - बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद (करसहित) लाभांश घोषणा गरेको छ । 

    सञ्चालक समितिको शुक्रबार बसेको गत आव २०७९/८० को नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव हरिवहादुर बुढाथोकीले जनाएका छन् । 

    उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउने छन् । यसैबीच लाभांश पारित गर्न पुस २९ गते ३१औं वार्षिक साधारण सभा डाकिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव बुढाथोकीले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend