२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 6.8K
    SHARES

  • images
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित


    काठमाडौं, २१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित भएको छ । केही दिनयता भइरहेको वर्षाका कारण भएको प्रतिकूल मौसमका कारण बिहीबार उडान प्रभावित भएको हो ।

    प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर भएकाले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

     जसकारण अन्तर्राष्ट्रियतर्फका केही विमान आकाशमै होल्ड भएका छन्  भने अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विमानको समयमै उडान हुन सकेको छैन । 
    विमानस्थल कार्यालयका अनुसार लुक्ला, सिमिकोटलगायत हिमाली क्षेत्र र दुर्गम क्षेत्रका विमाननस्थलमा उडान बन्द गरिएको छ ।   
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend