२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हिमपहिरोमा निधन भएकाको शव खलंगा ल्याइँदै


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 6.7K
    SHARES

  • images
    हिमपहिरोमा निधन भएकाको शव खलंगा ल्याइँदै

    काठमाडौं, २१ वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव सदरमुकाम खलंगा ल्याइँदै छ । मंगलबार हिमपहिरोमा परेर ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको  शव भारतीय सडक प्रयोग गरेर खलंगा ल्याउन लागिएको हो  । 

    यार्सा टिप्न जानेक्रममा उनीहरु हिमपहिरोमा परेका थिए ।  लगातारको वर्षाका कारण नेपाली भूमि प्रयोग गरेर शव ल्याउन नसकिने भएकाले भारतीय सडक प्रयोग गर्न लागिएको हो । 

    साथै सोही हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend