२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नबिल बैंकको ९ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि बिक्रीमा, ब्याजदर कति ?


सञ्चार डबली
  • शुक्रबार, मंसिर २९ २०८०
  • 7.2K
    SHARES

  • images
    नबिल बैंकको ९ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि बिक्रीमा, ब्याजदर कति ?

    शुक्रवार, मंसिर २९ २०८०
    काठमाडौँ र नबिल बैंक लिमिटेडले मङ्सिर २९ गते (आज) देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ नामको ऋणपत्र निष्कासन गरेको हो । प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

    कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जानकारी बैंकले दिएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

    यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटोमा पुस ३ गतेसम्म विक्री अवधि तय गरिएको यो ऋणपत्र खरीदका लागि तोकिएको अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस १३ गतेसम्म विक्री लम्बिनेछ ।

    ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । 

    साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले समयमै वित्तीय दायित्व बहन गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend