शुक्रबार, मंसिर २९, २०८०
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको छ ।
छापावाल सुन तोलामा एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


