२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एक महिनामा भित्रियो १ खर्ब १२ अर्ब रेमिट्यान्स, २६.४ प्रतिशतले बढ्यो


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 8.1K
    SHARES

  • images
    एक महिनामा भित्रियो १ खर्ब १२ अर्ब रेमिट्यान्स, २६.४ प्रतिशतले बढ्यो


    काठमाडौं । कात्तिक मसान्तसम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह २६.४ प्रतिशतले बढेर ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । असोजको तुलनामा कात्तिकमा रेमिट्यान्स १ खर्ब १२ अर्ब रुपैयाँले बढेको छ । कात्तिकमा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

    नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको कात्तिकमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले बढेर ३ अर्ब ६० करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।

    कात्तिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत(नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ ।

    गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो । यो अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले बढेर ५ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०।२ प्रतिशतले बढेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend