२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णयले साना व्यवसायीलाई मारमा : अध्यक्ष मल्ल


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 8.7K
    SHARES

  • images
    सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णयले साना व्यवसायीलाई मारमा : अध्यक्ष मल्ल


    काठमाडौं । काठमाडौं महानगपालिकाको सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णयले साना व्यवसायीलाई मार पर्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् । उनले महानगरभित्र सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ र धुम्रपान सेवन गर्न रोक लगाउने कुरा स्वागतयोग्य भएपनि कारोबार नै गर्न नदिने कुराले साना व्यवसायीहरु मारमा पर्ने बताए ।

    ‘सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ र धुम्रपान सेवन गर्न नहुने कुरा स्वागतयोग्य छ, अन्तराष्ट्रिय प्रचलन नै छ ।’ नेपाल न्यूज बैंकसँग उनले भने, ‘तर कारोबार नै गर्न नदिने कुराले चाँही साना व्यवसायीलाई मार पर्छ । सार्वजनिक स्थलमा सेवन निषेध गरेपनि कारोबारलाई भने बन्द गरिनु हुँदैन ।’

    काठमाडौं महानगपालिकाले आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले सहरका मुख्य चोकहरुमा ५० जना नगर प्रहरी समेत परिचालन गरेको छ । महानगरले आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ । त्यस्तै, सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend