२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आईएमईले डिजिटल कारोबार ८० प्रतिशत पुर्याउनेछौं : अध्यक्ष ढकाल


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 8.3K
    SHARES

  • images
    ग्लोबल आईएमईले डिजिटल कारोबार ८० प्रतिशत पुर्याउनेछौं : अध्यक्ष ढकाल

     

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंकको सम्पूर्ण सेवाहरु डिजिटल बैंकिङ प्रविधिमार्फत् गर्दै आगामी आर्थिक वर्षमा डिजिटल कारोबार ८० प्रतिशतसम पुर्याउने बताएका छन् ।

    आज काठमाडौंमा जारी ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभामा उनले बैंकको सेवालाई कार्यालय समयपछि पनि प्रदान गर्ने गरी कार्य विस्तार गर्न व्यवस्थापनलाई आग्रह पनि गरे ।

    वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, ‘ग्लोबल आईएमई बैंकले अफिस समयपछि पनि ग्राहकका लागि दिने सेवालाई अझै प्रभावकारी बनाउनका लागि कार्यकारी प्रमुखज्यूलगायत सम्पूर्ण म्यानेजम्याटलाई आग्रह गर्छु ।’

    अध्यक्ष ढकालले बैंकलाई कागजबिहीन बनाउने उल्लेख गर्दै बैंकले लिएको सम्पूर्ण सेवा डिजिटल बैंकको प्रविधिमार्फत् गर्दै अगाडि बढ्ने नीतिलाई निरन्तरता दिएर आगामी वर्ष बैंकको ८० प्रतिशत कारोबार डिजिटल रुपमा वृद्धि गर्ने लक्ष्य लिएको बताए ।

    उनले भने, ‘आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने नीति लिएकाले बैंकले छुट्टै डिजिटल इकाई गठन गरी आवश्यक पूर्वाधार खडा गरेर कार्य गर्दै आएको छ । प्रविधिको प्रयोगबाट हुने लाभको सुक्ष्म विश्लेषण गर्दै सम्पूर्ण बैंकिङ सेवाहरु डिजिटल बैंकिङ प्रविधिमार्फत प्रदान गर्दै कारोबारलाई अगाडि बढाउने नीतिलाई निरन्तरता दिइने छ ।’

    हाल बैंकको कूल कारोबारको संख्याको ७३ प्रतिशत डिजिटल हुने कारोबारमा आगामी आर्थिक वर्षमा कारोबार संख्यालाई बढाएर ८० प्रतिशतसम्म माथि पुर्याउने लक्ष्य रहेको उनले बताए ।

    साधारण सभामा शेयरधनीहरुले बैंकको डिजिटल सेवालाई शतप्रतिशत बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । शेयरधनिले बैंकले आफ्नो आकारलाई बढाएर बलियो बनाएकोमा प्रशंसासँगै ठूला सँगै साना लगानीकर्तालाई पनि ध्यान दिनुपर्ने सुझाब दिएका छन् । ग्लोबल आईएमईले शेयरधनिलाई १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend