२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 8.0K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर


    काठमाडौं । गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर २७ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएसँगै महालक्ष्मी विकास बैंकले पनि आफनो ब्याजदर घटाएको हो । बैंकले आज मंसिर २८ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाइरहेको बेला विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन्।

    बैंकले यसअघि साधारण बचत खातामा न्यूनतम ४ दशमलव ४० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ४० प्रतिशतसम्म ब्याजदर कयाम गर्दै आएकोमा अब साधारण बचत खातामा न्यूततम ४ दशमलव ३० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

    त्यस्तै, बैंकले कल डिपोजिटमा २ दशमलव १५ प्रतिशत तथा महालक्ष्मी डलर सेभिङ्ग अकाउन्टमा ३ दशमलव २८ प्रतिशत ब्याजदर कायम गरेको हो । बैंकले मुद्दनि निक्षेपमा व्यक्तिगततर्फ ९ दशमलव ३० तथा संस्थागत तर्फ ७ दशमलव ३० र रेमिट्यान्स मुद्दतीमा १० दशमलव ३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend