२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

टाटा मोटर्सले ल्यायो ‘स्वावलम्बी अभियान २.०, यस्ता छन् विशेषता


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 9.3K
    SHARES

  • images
    टाटा मोटर्सले ल्यायो ‘स्वावलम्बी अभियान २.०, यस्ता छन् विशेषता


    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले कामका लागि विदेश जान लागेका युवालाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ ल्याएको छ।

    यस अभियान अन्तर्गत ग्राहकहरूले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखको डाउनपेमेन्टमा खरिद गर्न सकिने र देशमै रही आफ्नो साथी–भाई र परिवारको साथ रोजगारीरव्यवसायको अवसर सिर्जना गरी स्वाभिनी भई जीवन निर्वाह गर्न सक्ने छन् ।

    सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालले देशमै रही केही गर्न चाहने युवाहरूका लागि यो अभियान राम्रो अवसर हुन सक्ने विश्वास लिएका छन् ।

    यो योजना सार्वजनिक भएको केही दिन मात्र हुँदा पनि सोधपुछ गर्ने ग्राहक को संख्या उल्लेख्य हुनुले यसको पुष्टि गरेको उनी बताउँछन् ।

    यस अघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका कैयौँ नेपालीलाई घर फर्काइँदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान सञ्चालन गरेको थियो । बजारको माग र देशबाट युवा तीव्र रूपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भेहिकल बिजनेस युनिटका सहायक जी.एम.दिवस बाबु सुवेदी बताउँछन् ।

    कुन गाडीमा कति वर्षको किस्ता बन्छ, फाइनान्समा कति प्रतिशत ब्याज लाग्छ भनि सिप्रदी ट्रेडिङ्गको नजिकको शोरुममा सम्पर्क गर्ने वा ९८०११०७६०० मा मिसकल गर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend