२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

लेटाङमा भ्यान दुर्घटनाः दुई जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 8.5K
    SHARES

  • images
    लेटाङमा भ्यान दुर्घटनाः दुई जनाको मृत्यु

    विराटनगर, २१ वैशाख । मोरङको लेटाङ नगरपालिका–७, भिरिङखामा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा भ्यानका चालक मोरङ पथरीशनिश्चरेका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ–३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

    सोही दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ–६ का ५५ वर्षीय रुद्र लम्सालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ । १–०२–००१ ज ३९५३ नम्बरको पिकअप भ्यान सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend