२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बिक्री खुला


सञ्चार डबली
  • बुधबार, मंसिर २७ २०८०
  • 7.8K
    SHARES

  • images
    हिमालयन रिइन्स्योरेन्सको आईपीओ बिक्री खुला


    काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

    यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ३० लाख कित्ता, कम्पनीका कार्यरत कर्मचारीहरूका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषहरूलाई १५ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

    कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिक्नेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासन गर्न गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर ए रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा सुरक्षित रहेको संकेत गर्छ ।

    वास्तविक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७८र०७९ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ छ । त्यस्तै, उक्त अवधिसम्म कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा छ ।

    अपरिस्कृत वित्तीय विवरणअनुसार २०८० असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा छ । त्यस्तै, सो अवधिसम्म कम्पनी ४४ करोड २४ लाख सञ्चित नाफामा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend