२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

केबीएल सेक्युरिटिजले थाल्यो औपचारिक रुपमा धितोपत्र कारोबार


सञ्चार डबली
  • मंगलबार, मंसिर २६ २०८०
  • 7.9K
    SHARES

  • images
    केबीएल सेक्युरिटिजले थाल्यो औपचारिक रुपमा धितोपत्र कारोबार


    काठमाडौं । केबीएल सेक्युरिटिजले धितोपत्र कारोबार थालेको छ । कुमारी बैंकको सहायक कम्पनीका रुपमा स्थापित केबीएलले सोमबारदेखि औपचारिक रुपमा कारोबार थालेको हो ।

    नेप्सेबाट शेयर ब्रोकर नं ९४ पाएको केबीएल सेक्युरिटिजको कुमारी बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले कारोबार उद्घाटन गरेका छन् । कार्यक्रममा केबीएल सेक्युरिटिज र कुमारी बैंकका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी एवं लगानीकर्ताको उपस्थिति थियो ।

    कारोबार आरम्भ भएसँगै शेयर लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले प्रतिबद्धता जनाए । केबीएल सेक्युरिटिज कुमारी बैंकको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend