२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

फेरि अवरुद्ध भयो पृथ्वी राजमार्गमा सवारी आवागमन


सञ्चार डबली
  • बुधबार, वैशाख २० २०८०
  • 7.2K
    SHARES

  • images
    फेरि अवरुद्ध भयो पृथ्वी राजमार्गमा सवारी आवागमन

    काठमाडौं, २० वैशाख । पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी नगरपालिका–६ धार्के सडकखण्डमा सवारी आवागमन फेरि अवरुद्ध भएको छ । धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलामाथिको पुलको मुखमा जमिन भ्वाङ परेपछि फेरि सवारी आवागमन रोकिएको हो ।

    सोमबार पुल भासिएपछि अवरुद्ध भनेको सवारी आवागमन मंगलबार बिहानबाट एकतर्फी चल्न थालेको थियो ।  फेरि आज मध्यान्हबाट १२ बजेदेखि पुलको मुखमा सडक भ्वाङ परेपछि दुवैतर्फी सवारी आवागमन बन्द भएको हो । सवारी आवागमन खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend